कैलालीमा ६ हजार ९ सय बढीले कोरोना जिते
टीकापुर, कैलाली । कैलाली जिल्लामा ६ हजार ९ सय बढीले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार यो समाचार तयार पार्दासम्म ८ हजार ८ सय ८० संक्रमित मध्ये ६ हजार ९ सय ६१ जनाले कोरोना जितेर घर फर्केका छन् ।
यो तथ्याङ्क हेर्दा कैलाली जिल्लामा कोरोना निको हुनेको दर ७८.३८ प्रतिशत रहेको देखिन्छ । कैलालीमा पिसीआर र एन्टिजेन विधिबाट गरी ५७ हजार २ सय २३ जनाको कोरोना परीक्षण गर्दा ८ हजार ८ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
उनीहरू मध्ये ६ हजार ९ सय ६१ जना निको भएर घर फर्किएका, ७७ जनाको मृत्यु भएको र अहिले १ हजार ८ सय ४२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय कैलालीका कोरोना फोकल पर्सन जगत उपाध्यायले जानकारी दिनुभयो ।
कोरोना परीक्षण गरिएको तथ्याङ्क हेर्दा कैलालीका कोरोना पोजेटिभ देखिने दर १५.५१ प्रतिशत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्