सुनसरीमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

सुनसरी । सुनसरीमा वैशाख ३१ गते सम्म निषेधाज्ञा गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन आगामी वैशाख ३१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
सुनसरीका इनरुवा, दुहवी, धरान, इटहरी उपमहानगरपालिका, रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोशी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
यसअघि जोरबिजोर प्रणाली लागू गरे पनि अब भने जोरबिजोर प्रणाली समेत हटाइएको र अत्यावश्यक बाहेक हिँडडुलमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।










प्रतिक्रिया राख्नुहोस्