कोरोनाबाट सल्यानमा थप एक जनाको मृत्यु

सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान बागचौर नगरपालिका ६ का ७० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
उपचारका लागि सोमबार साँझ जिल्ला अस्पताल सल्यानमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत भिमकान्त जैसीले जानकारी दिए ।
संक्रमित व्यक्तिलाई अक्सिजनको मात्रा कम भएको कारण थप उपचारका लागि अस्पतालले रिफर गरे पनि अक्सिजनसहितको एम्बुलेन्स र परिवारले पनि जान नमाने पछि अस्पतालमै उपचार भइरहेको थियो । अक्सिजन दिएर उपचार गरेपनि उपचारकै क्रममा सङ्क्रमितको मृत्यु भएको डा. जैसीको भनाई छ ।
योसँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्