सुदूरपश्चिम प्रदेशमा १५ हजार बढीले कोरोना जिते
टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशमा १५ हजार बढीले कोरोना जितेका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार यो समाचार तयार पार्दासम्म १५ हजार, ६ सय ३४ जनाले कोरोना जितेका छन् ।
यो तथ्याङ्क हेर्दा सुदूरपश्चिममा कोरोना निको हुने दर ८०.६२ प्रतिशत रहेको देखिन्छ ।
पिसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका १९ हजार, ३ सय ९२ जना मध्ये ८०.६२ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अन्य ३ हजार, ६ सय ४८ जना अर्थात् १९.३८ प्रतिशत सक्रिय संक्रमित रहेका छन् । उनीहरू मध्ये कसैको अस्पताल र कसैको होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा पिसीआर विधिबाट १ लाख ४४ हजार, ३ सय ४ र एन्टीजेन विधिबाट ३९ हजार, ६ सय ४१ जना गरी जम्मा १ लाख, ८३ हजार, ९ सय ४५ जनाको कोरोना परिक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये १०.५४ प्रतिशत व्यक्तिमा मात्र कोरोना देखिएको छ । अन्य ८९.४६ प्रतिशत नागरिकमा कोरोना देखिएको छैन ।
कोरोना पुष्टि भएका मध्ये १ सय १२ जनाको मृत्यु भएको छ । यो ०.५७ प्रतिशत हो ।








प्रतिक्रिया राख्नुहोस्