पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना सङ्क्रमणबाट निधन
भैरहवा । पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको ७३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको युनिभर्सल मेडिकल कलेजले जनाएको छ ।
चित्रकार भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा बैशाख १७ गते भर्ना भई उपचाररत हुनुहुन्थ्यो ।
श्वासप्रश्वासमा समस्या देखिएको र सघन उपचारकक्षमा उपचारकै क्रममा चित्रकारको विहान ७ः५० बजे मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङले बताउनुभयो ।
सुरुमा स्वास्थ्य अवस्था सामान्य भए पनि स्वास प्रश्वासमा र छातीमा समस्या देखिएका कारण चित्रकारको मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।
चित्रकार सिद्धार्थनगर नगरपालिका वडा ७ रुपन्देहीमा बस्दै आउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्