ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देही । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीको बुटवलमा एक युवाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकललाई बुटवल उपमहानगरपालिका-१२ ढवाहमा ठक्कर दिएको थियो ।
सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आइतबार राती भएको दुर्घटनामा परी घाइते भएको आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्