तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित

बेइजिङ। चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् ।

चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ ।

यस कार्यक्रम मार्फत् विषम गरिबीमा बाँचिरहेका परिवारका ६ देखि २४ महिनाका साना बालबच्चाका लागि निःशुल्क पोषण प्याकेजहरु बितरण गरिएको थियो ।

कार्यक्रम शुरु हुनुअघि यस क्षेत्रका ६ देखि २४ महिनाका बालबालिकाको रक्तअल्पता र पुड्कोपन क्रमशः १६.३ र ३.२ प्रतिशत रहेकामा हाल त्यसमा सुधार आई क्रमशः ५०.५ र ६८.३ प्रतिशतले घटेको छ ।
रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button