तपाईँ सुन्दै हुनुहुन्छः

खड्काको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक शिवबहादुर खड्काको निधनमा दुख व्यक्त गर्नुभएको छ ।
आज शोक विज्ञप्ति जारी गर्नुहुँदै सभापति देउवाले स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनुभएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने बताउनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
वि.सं.१९९७ सालमा जन्मनु भएका स्वर्गीय खड्काको आज भक्तपुरको गठ्ठाघर स्थित नागरिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button