बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही
काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई कारबाही गरिएको हो ।
बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाँइले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरिद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।
गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार जरिवाना गरेको थियो । उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रूपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्