तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एक महिलाको मृत्यु

बारा । बाराको औराहामा आज बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ बस्ने बर्ष २२ का एलिसा खड्का रहनुभएको छ । बिहान करिब १०ः३० बजे अचानक आएको चट्याङ लागेर गोठालो जानुभएकी खड्काको मृत्यु भएको वडा नं.४ का वडा अध्यक्ष ईश्वर खत्रीले जानकारी दिनुभयो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी एलिसा खड्काको वीरगन्जस्थित बायोद्धा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । मृतक महिलाको ४ वर्षीय छोरा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button