गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ३१ पुग्यो

पर्वत । गण्डकी प्रदेशको राजधानी पोखरामा वैशाख १७ गते यता ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज दिउँसो निकालेको प्रेश विज्ञप्ति अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ३१ पुगेको छ ।
निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा महानगरपालिका २६ का ५८ वर्षीया महिला, पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यस्तै दाङको राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
कास्की जिल्ला पोखरा महानगरपालिका १६ का ७३ वर्षीया महिला, पोखरा महानगरपालिका १९ का ५४ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्