लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेशको आज आइतबार दिउँसो एक बजेदेखि बस्ने भनिएको विशेष अधिवेशन अन्त्य गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गर्नुभएको हो ।
‘लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम संवत् २०७८ साल वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको’ प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभा बैठक बस्न लागेको थियो । तर राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्