तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुपमा दुई प्रहरीसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

सप्तरी । सप्तरीको कञ्चनरुपमा आज आइतबार दुई प्रहरीसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिकास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा ८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा दुई जना प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कञ्चनरुप–५ का ४० र ३६ वर्षीय पुरुष , कञ्चनरुप ८ का ६९ वर्षीय पुरुष , ५६ वर्षीय महिला रहेका छन् ।

त्यसै गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरका ४७ वर्षीय पुरुष र २२ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

योसहित हाल सप्तरीमा सक्रिय सङ्क्रमित सङ्ख्या ८२ जना  पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button