तपाईँ सुन्दै हुनुहुन्छः

नेता खनाललाई कोरोना सङ्क्रमणः नर्भिक अस्पतालमा भर्ना

फाइल तस्बिर

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।  पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सङ्क्रमण भएपछि उहाँलाई अहिले थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उहाँलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button