तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरः बाँकेमा मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो

बाँके । बढ्दो कोरोना कहरका कारण बाँकेमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३८ पुगेको छ । जसमा बाँकेका १ सय २० र बाहिरी जिल्लाका १ सय १८ जना रहेका छन् ।
शनिवार कोरोना सङ्क्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३८  पुगेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिवार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन् । नेपालगन्ज ४ का ५८ वर्षीय महिलाको शनिबार बिहान सवा ९ बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १५ गते नर्सिङ होम नेपालगन्जमा भर्ना भएका उनको १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
यस्तै भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका १ का ४५ वर्षीय पुरुषको शनिबार बिहान १०ः३० बजे मृत्यु भएको छ । १५ वैशाखमा अस्पतालमा भर्ना भएका उनमा १६ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।
त्यसैगरी तुलसीपुर ६ दाङका ४६ वर्षीय पुरुषको पनि आज दिउँसो ३ बजे मृत्यु भएको छ । १३ वैशाखमा भेरी अस्पतालमा भर्ना भएका उनको १४ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । भेरीमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button