तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी गतिविधिलाई प्रविधिमैत्री बनाउन कम्प्युटर अनुदान

बाजुरा । ग्रामीण क्षेत्रमा प्रहरी सेवा प्रभावकारी तथा प्रहरी गतिविधिलाई सूचना तथा प्रविधिमैत्री बनाउन कम्प्युटर अनुदान सहयोग  गरिएको छ ।

शुक्रवार दिउसो एक कार्यक्रमबिच मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक एक गैरसरकारी संस्थाले एक एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।

साइन नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता भक्तराज जोशीले बाजुरा जिल्लाका आठ वटा प्रहरी इलाका तथा चौकीलाई एक–एक थान कम्प्युटर र एक–एक सेट प्रिन्ट वितरण गर्नुभएको हो । प्रहरीलाई प्रविधिमैत्री बनाउन कम्प्युटर लगायतका उपकरण अनुदान स्वरूप हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले बताउनुभयो ।

ग्रामीण क्षेत्रका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी गरी आठ ओटालाई एक एक थान कम्प्युटर हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताउनुभयो । “समुदाय साझेदारी कार्यक्रम” अन्तरगत उक्त कम्प्युटर प्राप्त भएका छन् ।

बडी मालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाल पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष छक्क मल्ल लयागत अन्य कार्यालय प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा उपकरणहरू हस्तान्तरण गरिएका हुन् ।

साइन नेपालले बाजुराको बुढिगंगा नगरपालिका र बडी मालिका नगरपालिकामा विगत लामे समयदेखि काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button