सल्यानमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

सल्यान । कोरोना भाइरसको सङ्क्रमणबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।
रोल्पा गंगादेव गाउँपालिका–३ निवासी ४८ वर्षीया महिलाको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः४५ बजे मृत्यु भएको हो ।
उनलाई विगत ३/४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिकास्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिवार मात्रै रिफर गरी सल्यान अस्पताल ल्याइएको थियो ।
उनको एन्टीजिन परीक्षण गर्दा कोरोना देखिएपछि अक्सिजनसहितको उपचार गरिएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यससँगै सल्यानमा भरियन्ट सहितको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्