तपाईँ सुन्दै हुनुहुन्छः

आइतबारदेखि धनुषाको मालपोत तथा नापी कार्यालयको सेवा बन्द हुने

जनकपुरधाम । धनुषामा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै आइतबारदेखि अत्यधिक भिड हुने धनुषाको मालपोत तथा नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक भिड हुने ती दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुने अवस्था देखिएको र यसले कोरोना फैलिने जोखिम उच्च भएकाले हालका लागि स्थगन भए पनि मुद्दा तथा अत्यावश्यक सेवाहरू स्वास्थ्य सुरक्षा सावधानीसहित हुने सो कार्यालयले जनाएको छ ।

कोरोनाको पहिलो लहरमा मात्र नापी कार्यालय तथा मालपोत कार्यालयका पचास भन्दा बढी कर्मचारी संक्रमित हुनुभएको थियो ।

यसैगरी, जनकपुरधामस्थित विभिन्न बैङ्कका शाखा प्रबन्धकहरूलाई प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आजै आफ्नै कार्यकक्षमा बोलाएर उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button