नारायणी अस्पतालबाट ६४ संक्रमित निको भई घर फर्किए
वीरगञ्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितमध्ये ६४ जना निको भएर घर फर्किएका छन् ।
आजसम्म उपचारको लागि नारायणी अस्पतालमा १४१ जना भर्ना भएको र सो क्रममा ६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएको नारायणी अस्पतालका कोरोना संयोजक डा. सरोज रोशनदासले बताउनुभयो ।
कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जको नारायणी अस्पतालमा २४ जना सङ्क्रमितको ज्यान गइसकेको छ भने नारायणी बयोधा अस्पतालमा २ जनाको ज्यान गएको छ । हाल नारायणी अस्पतालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको डा. दासले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा वीरगन्जमा ४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरू अधिकांश सङ्क्रमितहरूमा कडा किसिमको निमोनिया देखिएको चिकित्सकहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्