समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई पुरा गर्न लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई छिट्टै पुरा गर्नका लागि सबै क्षेत्रबाट काम अगाडी बढाइएको बताउनु भएको छ ।
प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने, सिपको विकास, स्तर निर्धारण र त्यसको प्रमाणीकरण गर्न प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ, पर्यटन लगायतका क्षेत्रमा छोटो अवधिका प्राविधिक तालिम सञ्चालन गरी प्राविधिक शिक्षा, शिक्षालयहरूमा प्राविधिक क्षमता र प्रशिक्षकहरूमा ज्ञानको अभिवृद्धि गर्न प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षालाई प्रविधिमैत्री बनाउन र प्रशिक्षकको क्षमता अभिवृद्धिका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारको दुई पक्षीय सम्झौतामा निर्माण भएको सुविधा सम्पन्न आइसिटी (ICT) भवनको उद्घाटन समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्