तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा घट्यो गहुँको उत्पादन : कृषक चिन्तित

जाजरकोट । जयो बर्ष जाजरकोट  गहुँ उत्पादन घटेको छ । जिल्लाको दोस्रो बालीको रुपमा रहेको गहुँको उत्पादन गत वर्षको तुलनामा उत्पादन घटेको हो । बर्षभरी खाने खाद्यबालीको रुपमा रहेको गहुँको उत्पादनमा कमी आएपछि स्थानीय कृषकहरू चिन्तित छन् ।
नलगाड नगरपालिका ४ भेरीखर्ककी तारा बस्नेतको घरमा गतबर्षकोभन्दा यस बर्ष गहुँ खेतीको उत्पादन घट्यो  । उत्पादन आधाले घटेपछि ५ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले बस्नेतलाई सताएको छ । बर्ष भरी परिवारको छाक टार्ने गहुँ खेती नै हो, खडेरीको कारणले उत्पादनमा गिरावट आएको उहाँको भनाई छ । सोही ठाउँकी जानकी वली पनि गहुँको उत्पादन घटेपछि चिन्तामा छिन् । गहुँ उत्पादन या पटक तेब्बरले घटेको वलीले बताइन् । लामो समयको खडेरीले गर्दा गहुँ उत्पादन राम्रो नभएको उहाँको भनाई छ ।
बस्नेत र वली त केही उदाहरण मात्र हुन् । जिल्ला भर गहुँ खेती गरेका कृषकहरू उत्पादन घटेपछि निराश भएका छन् । मुख्य बालीको रुपमा रहेको मकैको उत्पादन पनि यो बर्ष घट्यो, अहिले गहुँ पनि घट्यो जसले गर्दा स्थानीयलाई भोकमरीले सताउला भन्ने पिरलो छ ।
जाजरकोटमा बाढी पहिरो, सलह किराको प्रकोप लगायतले नोक्सानी गरेपछि मकै तथा धान  उत्पादन घटेको थियो भने अहिले आएर गहुँ खेती पनि भने जस्तो उत्पादन भएन कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button