चितवनमा आजदेखि १५ दिन निषेधाज्ञा

चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चितवनमा गएरातिदेखि निषेधाज्ञा गरिएको छ । बुधवार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बिहीबार राति १२ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
चितवनमा कोरोना (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर थप निर्णयहरू गरिने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्