तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण बागलुङमा एक महिलाको मृत्यु

बागलुङ । कोरोना भाइरस (कोभिड–१९)का कारण जिल्लाका एक महिलाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–११ रायडाँडाकी ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतक महिलामा गत वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय १९ पुगेको छ भने बागलुङ जिल्लामा १२ पुगेको छ ।
बागलुङ जिल्लामा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिएको भन्दै नेपाल सरकारले अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।
केही दिन अघि एक सय बढी सङ्क्रमित रहेको यस जिल्लामा अहिले ८४ जना सक्रिय सङ्क्रमित छन् । मङ्गलवार मात्रै कोरोना विरुद्ध खोप लगाएका धौलागिरि अस्पतालका दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ भने सबैजसो स्थानीय तहले शैक्षिक संस्था बन्दसहित कडाइ गर्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button