तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको सरकारमा ४ मन्त्री थपिँदै ,आजै शपथ ग्रहण गरिने

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । खाली रहेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत ४ जना मन्त्री थप गर्न लाग्नु भएको हो । नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै अपराह्न ४ बजे हुने भएको छ ।

नयाँ बन्ने मन्त्रीहरूमा नेकपा एमालेका प्रमुख सचेतक समेत हरेका केशव पाण्डे, सरेश नेपाल, डा. रामकुमार अधिकारी तथा सरस्वती बस्नेत रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यद्यपि मन्त्रालयको टुगो भने लागी नसकेको बत्ताइएको छ । दिउसो ४ बजेका शपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको छ । नयाँ मन्त्रीहरूको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुनेछ । थप भएका मन्त्रीहरूमा ३ जना फुल मन्त्री तथा एक जना राज्यमन्त्री रहने तय भएको छ । विस्तारित मन्त्रीपरिषद् यस अगाडि माधव नेपाल पक्ष तथा नेकपा माओवादीका मन्त्रीहरूले राजीनामा दिएपछि खाली रहेका मन्त्रालयमा मात्र मन्त्री थप गरिन लागेको हो भने राज्यमन्त्री भने सामाजिक विकास मन्त्रालयमा थप गरिने भएको छ ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहिन थिए।
तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो । करिब चार महिना मन्त्रीविहिन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले  सांसदलाई दिइने भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button