रेडियो नेपालका सेवा निवृत्त दुई कर्मचारीको बिदाइ
काठमाडौँ । रेडियो नेपालमा कार्यरत दुई जना कर्मचारी उमेर हदका कारण आजदेखि सेवा निवृत्त हुनुभएको छ ।
सेवा निवृत्त हुनुहुने कर्मचारीहरूमा वरिष्ठ बाद्यबाधक संयोजक एकराम श्रेष्ठ र कार्यालय सहयोगी सानी नायर क्षेत्री हुनुहुन्छ ।

उहाँहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, सञ्चालक समितिका सदस्य टीकाप्रसाद भण्डारी र प्रशासन महाशाखाका प्रमुख मोहन आङ्बोले माला र अबिरसहित सम्मान पत्र प्रदान गरी बिदाइ गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्