ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिनुभयो ।उहाँको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक भुसालले जानकारी दिनुभयो । मन्त्री रायमाझी परिवारका सदस्य सहित सचिवालयका केहि सदस्यलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्