तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको जोखिम बढेपछि छाब्दी मन्दिरमा पूजा बन्द

तनहुँ । देशभर कोरोना भाइरसको जोखिम बढेपछि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिरमा पूजा बन्द गरिएको छ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिरमा मङ्गलबारदेखि पूजा बन्द गरिएको हो ।

कोरोनाको त्रास बढेसँगै मन्दिरमा पूजा गर्न रोक लगाइएको छाब्दीबाराही मन्दिरका अध्यक्ष प्रेम थापाले जानकारी दिनुभयो । मन्दिरमा तनहुँ संगै बाहिरी जिल्लाबाट भक्तजन आउने र कोरोनाको जोखिम बढ्ने भएकाले पूजा बन्द गरिएको अध्क्षय थापाले बताउनुभयो ।

उहाँका अनुसार नित्य पूजा भने नियमित हुनेछ ।शनिबारका दिन छाब्दीवाराही मन्दिरमा भक्तजनको अत्याधिक भीडभाड रहने गर्दछ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले पनि धार्मिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button