तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा ६ वर्षमा ३ हजार घर निर्माण

बैशाख । पर्वतमा भूकम्प गएको ६ वर्षमा निजी आवास पुननिर्माणको क्रममा ३ हजार ४ सय ४४ घर निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजि आवास पुननिर्माणको भौतिक प्रगती ८५ प्रतिशत र वित्तिय प्रगती ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको संख्या भने ५ हजार ८ सय ७६ रहेको छ । यि मध्ये केहि प्रवलीकरण तर्फका लाभग्राही समेत हुन् ।

पुननिर्माणका लागि कार्यालयले अहिले सम्म १ अर्व ३३ करोड २० लाख रुपैयाँ लगानी भएको जनाएको छ । पूर्ण क्षती भएका लाभग्राहीलाई कार्यालयले ३ किस्तामा कुल ३ लाख रुपैयाँ र प्रवलीकरण गर्नुपर्ने लाभग्राहीलाई एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले अगामी असार मसान्त सम्म जिल्लामा पुननिर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताउनुभयो । प्रवलीकरण तर्फ कसैले पनि काम नगरेको हुनाले भौतिक प्रगती बढ्न नसकेको उहाँले बताउनुभयो ।

कार्यालयले ३ सय ४८ जनाले प्रवलीकरण बाट पुननिर्माणमा र एक सय ३० जनाले प्रवलीकरणबाट मर्मतमा परिवर्तन गरेको जनाएको छ । सडक पुननिर्माणको सूचिमा रहेको पातीचौर, मैदान लप्सीबोट सडक ३ किलोमिटर ७०० मिटर पिच गर्ने काम भने गतिका साथ अगाडी बढ्न सकेको छैन ।

यस सडकको केहि खण्डमा ढलान गर्ने र नाली बनाउने काम बाहेक अरु काम अगाडी नवढेको कार्यालयको प्रगती प्रतिबेदनमा उल्लेख छ ।

२०७२ बैशाख १२ को भूकम्पका कारण घर भत्किएपनि प्राविधिकले मुल्यांकन गर्दा क्षतीको सूचीमा नपारेको भन्दै जिल्लाका १ हजार ५ सय ९० जनाले प्राधिकरणका बिरुद्धमा मुद्धा दर्ता गरेका छन् । ति मुद्धाको किनारा लाग्न केहि समय लाग्ने पनि कार्यालयले जनाएको छ ।

लाभग्राहीले घर बनाउने कामलाई चासोका साथ नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताउनुभयो । भनेको बेला डकर्मी, सिकर्मी नपाउने, मुल्यांकनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीहरुले गुनासो गर्दै आएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button