पत्रकार मेहताको ६७ वर्षको उमेरमा निधन
सप्तरी । सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।आइतबार राति अस्वस्थ हुनुभएका पत्रकार मेहता बिहान नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा छन् भने ५ नाति र ६ नातिनी छन् ।
पञ्चायत कालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ हाल द पब्लिक मेमो र सन्डे टाइम्स हिन्दी साप्ताहिकमा संवाददाता तथा पूर्व प्रभात दैनिकमा व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँको दाहसंस्कार गाउँमै सोमबार राति गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्