चौतारामा ६७ फिट अग्लो मूर्तिसहित बुद्ध पार्क बन्ने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ स्थित दारे गौडाको पानी ट्याङ्की डाँडामा बुद्ध पार्क बन्ने भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६को पानी ट्याङ्की डाँडामा निर्माण हुने बुद्ध पार्कको शिलान्यास गर्नुभयो ।
वडा नं ६ को गौंरती सामुदायिक बन क्षेत्रमा पर्ने पानीट्यांकी डाँडामा निर्माण हुने उक्त बुद्ध मूर्ति ६७ फिट अग्लो हुने छ । चौतारा दुरसंचारबाट पार्क पुग्न हजार सिँढी निमार्णको काम आधाआधी भइसकेको छ ।
कुल ६ करोड २१ लाख ५३ हजार ७ सय ८८ रुपैयाँको लागतमा उक्त पार्क बन्ने नगरपालिका प्रमुख अमान सिंह तामाङले जानकारी दिनुभयो । भ्यु टावरसहितको बुद्धको मूर्ति निमार्ण कार्य सम्पन्न भएपछि आन्तरिक पर्यटक बढ्ने र चौताराको महत्त्वलाई थप बढाउने वाग्मती प्रदेशका सांसद युवराज दुलालले बताउनुभयो ।
सुकुटे आउने पर्यटकलाई साँगाचोकको गढी, ईर्खुको रानीपोखरी, बुद्ध पार्क, गौरती मन्दिर हुँदै ओख्रनीको चिया बगाउन घुम्न सक्ने गरी पर्यटन केन्द्रित कार्यक्रममा नगरपालिकाले जोड दिएको नगरपालिकाका प्रमुख तामाङले उल्लेख गर्नुभयो ।
बुद्ध पार्कको निमार्णको लागि वैशाख १० गते मूर्ति उमा/काली/प्रसीन जेभीले निर्माण सम्झौता गरेको छ । अर्को वर्ष अर्थात् २०७९ जेठ २२ गते कार्य सम्पन्न गर्ने गरी काम सुरु हुने छ ।







प्रतिक्रिया राख्नुहोस्