भवन भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु
बर्दिबास । महोत्तरीमा भवन भत्काउने क्रममा सोही भवनले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सम्सी गाउँपालिका वडा नं. २ पर्सास्थित पुरानो मदर्सा भत्काउने क्रममा सोही सोही स्थानका ६५ वर्षीय मन्सुर मोमिनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
भवनले च्यापिएर मोमिनको घटनास्थलमै मृत्यु भएको विष्टले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्