कोलकाताबाट १६ वर्षीया किशोरीको उद्धार
झापा । चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो ।
किशोरीलाई आज सोमबार झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । ती किशोरीलाई कोलकाताको एक वेश्यालयबाट उद्धार गरी ल्याइएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उद्धार गरी ल्याइएकी किशोरीलाई केही दिन मञ्चको सेल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेट गराई जिम्मा लगाइने योजना बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । किशोरीको स्थायी ठेगाना नुवाकोट भएको बताइएको छ ।
१२ वर्षको उमेरमा उनलाई कसैले घरायसी कामकाजका लागि भन्दै भारतको कोलकाता लगेको खुलेको छ ।








प्रतिक्रिया राख्नुहोस्