मास्क नलगाउने ४ सय ३५ जना कारबाहीमा परे
सप्तरी । सप्तरीमा मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्ने ४ सय ३५ जना कारबाहीमा परेका छन् ।
हिजो (आइतबार) नै एक सूचना जारी गर्दै आज अर्थात् सोमबारदेखि सार्वजनिक स्थानमा मास्क नलगाई हिँडडुल गर्नेलाई १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद समेत गरिन सक्ने सप्तरी प्रशासनले सूचना जारी गरेको थियो ।
कारबाहीमा पर्ने ४ सय ३५ जनालाई नै सङ्क्रामक रोग ऐन, २०२० अनुसार एक सय रुपैयाँका दरले जरिवाना तिर्न लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।
कारबाहीमा पर्नेमा १२ महिला छन् । जरिवाना बापत ४३ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन समेत भएको प्रवक्ता काफलेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्