सरकारको निर्णय अवज्ञा गर्ने ११ वटा विद्यालयका सञ्चालक नियन्त्रणमा
वैशाख । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना सङ्क्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरू वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरी जनाएको छ ।
नियन्त्रणमा लिएकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्