बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ की ४५ वर्षीया महिलाको आज विहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट बाँकेका ८७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०४ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्