तपाईँ सुन्दै हुनुहुन्छः

जगदम्बा स्टिलमा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रा.ली. मा गए राती मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।
करैयामाई गाउँपालिका वडा नं.५ तेतरिया बस्ने बर्ष २८ का अनेस चौधरी को मेसिनमा च्यापिएर मृत्यु भएको हो । तार जाली प्लान्टको हाइड्रोलिक मेसिनको गुना स्लिप भएर मेसिनले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
मेसिनले च्यापिएर घाइते भएका चौधरीको उपचारको क्रममा नेशनल मेडिकल कलेज अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button