जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अत्यावश्यक बाहेकका सेवाहरू स्थगित

काठमाडौँ । कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक बाहेकका सेवा वैशाख २० गते सम्मको लागि स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत केही कर्मचारीहरू समेत संक्रमित भएकाले होम आइसोलेसनमा रहनुपर्ने साथै उहाँहरूको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरू समेत परीक्षणको क्रममा रहेकाले आम सेवाग्राहीमा समेत संक्रमण फैलिने जोखिमलाई मध्यनजर गरी यस कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू हाललाई मिति २०७८/०१/१३ गते सोमबार देखि मिति २०७८/०१/२० गते सोमबार सम्म लागू हुने गरी एक हप्ताको लागि स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरूले समेत अनावश्यक रुपमा भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्नुका साथै अनिवार्य रुपमा मास्क लगाएर मात्र कार्यालय परिसरमा प्रवेश गर्नु हुन समेत आग्रह गरिएको छ।
स्थगित गरिएका सेवाहरुः
१. नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र ।
२. राहदानी वितरण तथा सिफारिस
३. हातहतियार दर्ता नवीकरण
४. संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता
सुचारु रहने सेवाहरुः
१. शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरू
२. अन्य अत्यावश्यक सिफारिसहरू









प्रतिक्रिया राख्नुहोस्