शुक्लाफाटा नगर क्षेत्रमा एक साता विद्यालय बन्द
कञ्चनपुर । कञ्चनपुर शुक्लाफाटा नगरपालिकाले नगर क्षेत्र भित्रका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शुक्लाफाटा नगरपालिका स्तरीय कोभिड–१९ समन्वय समितिको आज बसेको बैठकले बालबालिकाहरूमा कोरोना सङ्क्रमण फैलिन सक्ने स्थिति रहेको भन्दै भोलि वैशाख १३ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्