तपाईँ सुन्दै हुनुहुन्छः

देवघाट–ठिमुरा जोड्ने पुल पुनः भाँचियो, एकको मृत्यु, ८ जना घाइते, २ बेपत्ता

तनहुँ । तनहुँको देवघाट र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने निर्माणाधीन पुलमा काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा एक जनाको भएको छ ।
घटनामा दुई जना बेपत्ता र ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एक भारतीय नागरिक ४३ वर्षीय विजय यादव रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । अन्य घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमै भइरहेको छ ।
निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो ।
देवघाट गाउँपालिका–५ घिनाटार र ठिमुरा जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button