तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा बस्यो नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं । नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

आकस्मिक रुपमा बोलाईएको एमालेको यो बैठकले पार्टी अनुशासनको उल्लंघन गरी निलम्बित भएका केही नेताहरुलाई थप कार्वाही गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको र अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न फ्लोर क्रस गर्ने तयारी गरिरहेका एमालेका केही सांसदहरुलाई पदमुक्त गर्न बैठकले निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button