तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ वर्षीया महिला र नेपालगन्ज ११ का ६० वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो संगै कोरोनाबाट बाँकेका ८२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button