तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा कोरोना प्रभावकारी नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरूलाई थप प्रभावकारी बनाउन प्रदेश नंं २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको निवास परिसरमा आयोजित सर्वदलीय बैठकले सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा ६ सदस्यीय सर्वदलीय संयन्त्र गठन गरेको हो ।
सर्वदलीय संयन्त्रका सदस्यमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहनु भएको छ ।
बैठकले २५ जना भन्दा बढी सहभागी हुने सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरूलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्नका लागि आग्रह गर्दै यसमा प्रदेश सरकारले सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button