सुनसरीमा प्रेस काउन्सिलको अन्तरक्रिया कार्यक्रम

सुनसरी । सुनसरीको इटहरीमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको संयोजनमा लकडाउनले मिडिया क्षेत्रमा पारेको असर र पत्रकार आचारसंहिता पालना विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इटहरीको युवा विकास केन्द्रको भवनमा शुक्रवार सम्पन्न भएको अन्तरक्रियामामा सञ्चारकर्मी र सञ्चार माध्यमको अवस्थाको बारे छलफलमा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूले तलब भत्ता नपाएको, महासङ्घले नै पत्रकारका उजुरी नसुनेको, लकडाउनपछि जनशक्ति कटौती गर्दा जागिर गुमाएको, सरकारी निकायबाट सहयोग नभएको र कोरोनाको महामारीमा स्वास्थ्य मापदण्डका सामान नपाएको गुनासो गरेका थिए ।
काउन्सिल नेपाल बोर्डका सदस्य दीपक पाण्डे र ठाकुर बेल्वासेले सबैका समस्या सुनेर मिडिया सञ्चालकहरूसँग कुरा गरी चाँडै समस्या समाधानका लागि पहल गरिने बताउनुभयो ।
सदस्य पाण्डेले दोस्रो चरणको लकडाउनमा पत्रकारहरूलाई बिमा र स्वास्थ्य सुरक्षाका सामानहरू सहज रूपमा उपलब्ध गराउन लागि पहल गर्ने बताउनुभएको छ ।
महामारीबाट अन्य क्षेत्रभन्दा तुलनात्मक दृष्टिकोणले सञ्चार क्षेत्र बढी प्रभावित भएको भन्दै प्रेस काउन्सिलको ५ जनाको टोली प्रदेश नं १ का ३ जिल्लाको स्थलगत रूपमा समस्या बुझ्न आएको सदस्य पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्