तपाईँ सुन्दै हुनुहुन्छः

डढेलोले उजाड र उराठ बनेको सल्यान

सल्यान। बसन्त ऋतु लागेपछि नयाँ पालुवा फेरिएर वन जंगल हरियालीले छाउने गर्दछ । तर पालुवा फेरिन नपाउँदै जिल्लाका वनक्षेत्रमा वर्षेनी लाग्ने डढेलोले यहाँको वनक्षेत्र उजाड र उराठ बन्दै गएको छ । प्रत्येक वर्ष गर्मी मौसम सुरुभएसँगै लाग्ने डढेलोले वनजंगलमा हरियाली हैन उजाड देखिदै आइरहेको छ ।

डिभिवन वन कार्यालय सल्यानका अनुसार हालसम्म ७६ सामुदायिक वन, २ कवुलियती वन र ६ राष्ट्रिय वन गरी ८४ वनमा आगा गरी २ हजार ६ सय हेक्टर वन क्षेत्र डढेलोबाट सखाप भएको छ । यसपालि हिउँदे वर्षा नभएका कारण र रुख विरुवाले पालुवा फेर्न झारेका पुराना पात सुक्दा वनमा लाग्ने डढेलो चाँडै फेलिने गरेको डिभिवन वन प्रमुख रमेश गिरीले बताए । स्थानीय तहहरुमा डढmेलो सम्बन्धी डेमो प्रर्दशन लगायतका सूचना प्रवाह गरे पनि धेरै लामो खडेरीका कारण यो वर्ष आगलागीका घटना बढेका छन् ।

वनजंगल खरानी बन्नुको साथै त्यस वनमा रहेका जीवजन्तु, पंक्षी, दुलर्व जनावरहरु, महत्वपूर्ण वनस्पति, जडिबुटी लगायत नष्ट भएका छन् । त्यसैगरी आगलागीको घटनाबाट जनधनको पनि उत्तिकै क्षति हुँदै आइरहेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button