प्रधानमन्त्री ओली र नेपालबीच वार्ता सुरू

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सुरू भएको छ ।नक्सालस्थित मेरियट होटलमा केही बेर अघि ओली र नेपालबीच भेटवार्ता शुरु भएको हो ।
उहाँहरुबीच बुधबार साँझ पनि भेटवार्ता भएको थियो । हिजोको वार्ता बिहीबार पुन बस्नेगरी टुंगीएको थियो । त्यसैलाई निरन्तरता दिँदै दुई नेताबीच आज छलफल शुरु भएको हो । हिजोको वार्ता बारे नेता नेपालले आज बिहान आफू पक्षका नेताहरुलाई ब्रिफिङ गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्