रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट । शौच गर्न खेतमा गएका एक युवकको रौतहटमा चट्याङ लागेर मृत्यु भएको छ ।
रौतहटको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुवा घर भएका ४० वर्षीय लक्ष्मण महराको चट्याङ लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले बताउनुभयो ।
आज बिहान आएको हावाहुरी, पानीसँगै चट्याङ पर्दा महराको घटनास्थलमै मृत्यु भएको हो ।
आफन्तको विवाह सहभागी हुन गुजरा नगरपालिका–८ जैयराजपुरमा आएका महराको एकाबिहानै शौच गर्न खेतमा गएको बेला चट्याङ्गमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको रौतहटमा अझै पनि शौचालयको अभावमा खुल्ला शौच हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्