तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालतका दुई न्यायाधीशसहित १५ कर्मचारीलाई कोरोन

बीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजमा कार्यरत दुई जना न्यायाधीशसहित १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा दुई जना न्यायाधीशसहित अदालतका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

यसैबीच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १९२ जनाको पिसीआर परीक्षण गरिएकोमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित मध्ये ७९ जना पर्सा जिल्लाको रहेकोमा बीरगंज महानगरपालिकाका ७६ जना र बहुदरमाई नगरपालिकाका ३ जना रहेको डाक्टर दासले बताउनुभयो ।

त्यसैगरी कोरोना संक्रमण पुष्टि हुनेहरूमा बाराका ७ जना रहेका छन् भने रौतहटका १ जना र रुकुमको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो । सङ्क्रमितको उमेर समूह ४ बर्ष देखि ७८ वर्षसम्म रहेको र सङ्क्रमितको सिटीभ्यालु १४ देखी ३४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि वैशाख ८ गतेसम्म गरिएको ११ सय १ जनाको पिसिआर परीक्षणमा ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button