तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकीमा शीत भण्डार निर्माण सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शीत भण्डार निर्माण सुरु भएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीत भण्डार निर्माण सुरु गरिएको हो ।
कृषकले उत्पादन गरेका कृषि उपज वस्तु शीत भण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीत भण्डार निर्माण सुरु गरिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार शीत भण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले रु दुई करोड लगानी गरेको छ । कूल रु तीन करोडको बजेटमा बोलपत्र प्रक्रियाबाट निर्माण कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button