तपाईँ सुन्दै हुनुहुन्छः

उपसमितिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले आज कोरोना भाइरसको बढ्दो संक्रमण दरका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले आज सिंहदरबारमा कोरोना भाइरस सङ्क्रमणको पछिल्लो अवस्था र सरकारको तयारीका सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तथा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले औषधि तथा स्वास्थ्य सामग्रीको मौज्दात, आइसियु एवं आइसोलेसन सेन्टरहरूको अवस्था एवं सरकारको तयारीबारे जानकारी गराउनुभएको थियो ।
उपसमितिका संयोजक जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सांसदहरूले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अन्य रोगका बिरामीको उपचार व्यवस्थामा सरकारको ध्यान नपुगेको भन्दै निगरानी र अनुगमन बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button