तपाईँ सुन्दै हुनुहुन्छः

कालंगा नदीमा एक जनाको शव फेला

बझाङ । बझाङमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका– ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेसन नजिक कालंगा नदीको बिचमा करिब ४०, ४५ वर्ष उमेर समूहका पुरुषको शव अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्र कार्कीले  जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button